arrow

संविधान संशोधनबारे पूर्वमहान्यायाधिवक्ताहरूसँग कार्यदलको परामर्श

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
asim-saha-sambidhan-.jpg
तस्बिर फाइल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने उद्देश्यले गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्दैछ। 

प्रधानमन्त्री वालेन्द्र साहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बनेको यस कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधिवक्ताहरूसँग परामर्श गर्न लागेको हो। 

आज दिउँसो ३:०० देखि ५:०० बजेसम्म सञ्चालन हुने उक्त बैठकमा संविधान संशोधनका विविध पक्ष र कानुनी जटिलताका विषयमा गहन छलफल गरिनेछ। 

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार यस परामर्शका क्रममा सहभागी विज्ञहरूबाट प्राप्त हुने राय र सुझावहरूलाई संविधान संशोधनको बहसपत्रमा समावेश गर्नका लागि सङ्कलन गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ