गर्मीको असली राहत: ब्ल्याक+डेकरका ८ शक्तिशाली कूलर, अब हरेक घरमा 'प्रिमियम' शीतलता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
252
Shares
काठमाडौँ: पछिल्लो समय भएको वर्षाले तत्कालका लागि मौसम केही शीतल बनाए पनि, वर्षा रोकिएसँगै बढ्ने उकुसमुकुस र अत्यधिक आर्द्रताले स्वास्थ्यमा थप चुनौती थपेको छ। वर्षापछिको चर्को घाम र पुनः बढ्न सक्ने तातो हावा 'लु' को सम्भावनालाई मध्यनजर गर्दै यस्तो मिश्रित मौसममा शरीरलाई सन्तुलित तापक्रममा राख्नु झनै आवश्यक देखिएको छ। यस परिस्थितिलाई ध्यानमा राख्दै, सिजी इलेकट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले नेपाली उपभोक्ताहरूलाई स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई प्राकृतिक रूपमा शीतल एवं स्वच्छ राख्न आफ्ना ८ अत्याधुनिक एयर कूलरहरू मार्फत विशेष अपिल गरेको छ।
ब्ल्याक+डेकरले दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै प्रिमियम डिजाइन र दीर्घकालीन टिकाउपनाका लागि नेपाली बजारमा उच्च गुणस्तरीय जीवनशैलीका लागि निरन्तर योगदान दिँदै आएको छ।
किन ब्ल्याक+डेकरका एयर कूलर नै यो गर्मीको असली समाधान?
बाहिरी वातावरणको चर्को गर्मीलाई तत्काल नियन्त्रण गर्न कठिन भए पनि हामीले धेरै समय बिताउने घर वा कार्यालयभित्रको वातावरणलाई ब्ल्याक+डेकरको अत्याधुनिक प्रविधिमार्फत सुरक्षित र शीतल राख्न सकिन्छ:
• युभी-ग्रेड पोलिमर बडी: ब्ल्याक+डेकरका कूलरहरू विशेष युभी-ग्रेड पोलिमरबाट बनेका छन्, जसले गर्दा चर्को घाम र कडा गर्मीमा पनि कूलरको बडी चर्कने वा रङ्ग उड्ने समस्या हुँदैन र यो वर्षौँसम्म नयाँ जस्तै मजबुत रहन्छ।
• प्रिमियम वाइट डिजाइन: आकर्षक प्रिमियम ह्वाइट कलरमा उपलब्ध यी कूलरहरूले आधुनिक घरको इन्टेरियरमा थप रौनकता थप्दछ।
• लो न्वाइज अपरेसन: यसमा प्रयोग गरिएको अत्याधुनिक एरोडाइनामिक फ्यान प्रविधिले अत्यन्तै कम आवाजमा काम गर्छ, जसले गर्दा सुत्दा वा काम गर्दा कुनै बाधा पुग्दैन।
• ऐन्टीब्याक्टिरीअल हनिकम प्याड: यसले हावामा रहेका हानिकारक सूक्ष्म कण र ब्याक्टेरियालाई फिल्टर गरी शुद्ध र स्वस्थ हावा प्रवाह गर्छ।
• इन्भर्टर कम्प्याटेबल मोटर्स: नेपालको विद्युत् अवस्थालाई ध्यानमा राख्दै बनाइएका यी मोटरहरूले कम विद्युत् खपत गर्छन् र इन्भर्टरमा पनि सहजै चल्छन्।
कम्पनीका अनुसार व्यक्तिगत कोठादेखि विशाल हलसम्मका लागि उपलब्ध ८ मोडेलहरू:
ब्ल्याक+डेकरले व्यक्तिगत प्रयोगका लागि किबो (३०एल/४५एल), आधुनिक टावर डिजाइनमा नेबो (५५एल), शक्तिशाली कुलिङका लागि कामेट प्लस (६५एल/८५एल/१०५एल), र प्रिमियम रेन्जमा ल्होट्से प्लस (६५एल/८५एल) जस्ता ८ वटा शक्तिशाली मोडेलहरू उपलब्ध गराएको छ।
उपलब्धता र भरोसा
नेपाली इलेकट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेकट्रोनिक्सले गुणस्तरीय उत्पादन र नवप्रवर्तनमार्फत लाखौँ उपभोक्ताको विश्वास जितेको कम्पनीले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल र एलजी शपी शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्।
ब्ल्याक+डेकरका एयर कूलरहरू १२ महिना (१ वर्ष) को विस्तृत वारेन्टीका साथ उपलब्ध छन्। सिजी इलेकट्रोनिक्सको देशव्यापी बलियो सर्भिस नेटवर्कले उपभोक्तालाई बिक्री पछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दछ। बढ्दो गर्मी र तातो हावाको यो समयमा, सिजी इलेकट्रोनिक्स सम्पूर्ण आम नागरिकलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई शीतल र स्वस्थ राख्न अनुरोध गर्दछ।