arrow

एमालेका नेतालाई कालोमोसो दलेपछि राजविराजमा तनाव, मुठभेडको खतरा

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
Saptari-hamrakura.jpg.jpeg
काठमाडौैं । एमालेका जिल्ला नेतालाई मधेशी मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेपछि सप्तरीकको राजविराज तनावग्रस्त बनेको छ । एमालेको जिल्ला सहसचिव प्रताप नारायण चौधरीलाई राजविराज मालपोत कार्यालय अगाडि कोलोमोसो दलिएको सप्तरी प्रहरी प्रमुख ले जानकारी दिए । 
 
सो सँगै अहिले राजविराज तनावगैस्त बनेको हो । अहिले उच्च संख्यामा प्रहरी परिचालन गरिएको पैहरी प्रमुख ले जानकारी दिए । 
 
यसरी झडप भएसँगै एमाले र मोर्चाका कार्यकर्ताहरुबीच मुठभेडको स्थिती सिर्जना भएको छ । मेची महाकाली अभियान अन्तर्गत् एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई मोर्चाका नेताहरुले विथोल्न खोज्दा झडपको स्थिती सिर्जना भएको एमालेका नेताहरुले बताएका छन् । 
 
अहिले मधेशी मार्चा केपी ओलीलाई राजविराज आउन नदिने अडानमा छ भने एमालेकार्यकर्ताहरु जसरी पनि एमाले अध्यक्ष ओलीबाट नै उद्घाटन गराउने पक्षमा रहेका छन् । जसले गर्दा मुठभेडको स्थिती सिर्जना भएको भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ