arrow

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
accident-final.jpg

सर्लाही । सर्लाहीमा सोमबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका वडा नं २ धरहरा टोलका ७५ वर्षीय हरिबहादुर अधिकारी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगन्ज पठाइएको थियो । उनको एलएस न्यूरो अस्पताल बारामा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्लाको बागमती नगरपालिका-२ धरहरा चौकस्थित नयाँ रोड-बरहथवा सडक खण्डमा भारतीय नम्बर प्लेट बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल यात्रा गर्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका-२ निवासी अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरि वनले नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ