arrow

जिप दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका छ जनाको सामूहिक दाहसंस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
jeep-accident-rolpa.jpg
तस्बिर फाइल

काठमाडौँ ।  गत बिहीबार रोल्पाको थबाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटनामा परी मृत्यु भएका रुकुम पूर्वका एकै परिवारका छ जना सदस्यको आज सामूहिक दाहसंस्कार गरिएको छ । धाउने बगरस्थित सानीभेरी नदी किनारामा उनीहरूको अन्तिम बिदाइ गरियो ।

सामूहिक दाहसंस्कार गरिएका मृतकहरूमा सिस्ने गाउँपालिका–६ टाकुराकी २८ वर्षीया युवा बुढाथोकी, उनका १० वर्षीय छोरा दिव्यान बुढाथोकी, ५३ वर्षीया सासू तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासू ओमकुमारी बुढाथोकी र ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकी रहेका छन् ।

युवाका श्रीमान् दीपक बुढाथोकी अमेरिकाबाट घर आइपुगेपछि आज अन्त्येष्टि प्रक्रिया अगाडि बढाइएको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।

पूर्णिमाको अवसरमा जलजलामा लाग्ने पूजामा सहभागी हुन रुकुमकोटबाट गएको यो परिवार गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको थियो । उक्त भयावह दुर्घटनामा कुल २० जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए । अन्य १४ जना मृतकको भने गत शनिबार नै दाहसंस्कार गरिसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ