arrow

संवैधानिक परिषद् अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
pmo-susila-new-new.jpg

काठमाडौँ । सरकारले संवैधानिक परिषद् अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट पुनर्विचारका लागि फिर्ता आएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो। 

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिजो मात्र उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए। विगतको पृष्ठभूमि र अध्यादेशको विषयवस्तुलाई दृष्टिगत गर्दै राष्ट्रपति पौडेलले यसलाई पुनः अध्ययन र पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाएका थिए।

यता मन्त्रिपरिषद्ले सोही अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय लिएको हो। सरकारले सोही अध्यादेशलाई कुनै परिवर्तन बिना पुनः सिफारिस गर्ने निर्णय लिएको हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ