उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
204
Shares
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ।
बैठकमा मुख्य गरी समितिको कार्यक्षेत्रका विषयमा छलफल हुने कार्यसूची छ। यसका साथै, समितिले विगतमा सम्पादन गरेका कामकारबाहीहरूको समीक्षा गर्दै अनुभव आदान-प्रदान गर्ने र अन्य विविध समसामयिक विषयमा छलफल गर्ने तयारी छ।
नयाँ राजनीतिक घटनाक्रम र प्रशासनिक सुदृढीकरणका लागि सरकारले चालेका पछिल्ला कदमहरूका बीच बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ। बैठकमा समितिका सदस्यहरूले उपभोक्ता हित र श्रम क्षेत्रका विद्यमान समस्याहरूका बारेमा समेत आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ।