arrow

सुकुमवासी संघले दियो देशव्यापी आन्दोलन छेड्ने चेतावनी [भिडियो] 

सरकारले सुकुमवासीहरुलाई आतंकित बनायो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
sukumbasi-andolan.jpg

काठमाडौँ ।  अखिल नेपाल सुकुमवासी संघले सरकारले सुकुमवासी बस्ती हटाएर आम भूमिहीन नागरिकलाई आतंकित बनाएको भन्दैआपत्ति जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध सो संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सुकुमवासीहरूलाई उठीबास लगाउने सरकारको पछिल्लो कदमप्रति तीव्र आक्रोश व्यक्त गरेको हो ।

संघका अध्यक्ष अमर परियारले सरकारले नागरिकको खान र बस्न पाउने मौलिक हकको धज्जी उडाएको आरोप लगाउँदै यस कदमको विरोधमा देशव्यापी रूपमा आन्दोलन छेड्ने चेतावनी दिए।

अध्यक्ष परियारका अनुसार यतिबेला देशमा एउटा भयानक आतंकको स्थिति सिर्जना गरिएको छ, जसका कारण सुकुमवासीहरू घरबाट निस्कन र आफ्ना पीडा व्यक्त गर्न समेत डराउनुपर्ने अवस्थामा पुगेका छन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको र भूमिहीन दलितलाई एक पटकका लागि आवाससहित भूमिको व्यवस्था गर्ने स्पष्ट व्यवस्था गरेको भए पनि सरकारले संविधान र कानूनविपरीत बस्तीहरू हटाउने कार्य गरिरहेको उनको तर्क छ। नागरिकलाई सुरक्षित आवासको प्रत्याभूति दिनुको साटो उल्टै आतंकित बनाउने काम भइरहेकोमा संघले सरकारको कडा आलोचना गरेको छ।

पत्रकार सम्मेलनमा उपस्थित प्रतिनिधिहरूले बस्तीबाट विस्थापित गरिएका सुकुमवासीहरूलाई सरकारले होल्डिङ सेन्टरमा राखेको भए पनि त्यहाँ न्यूनतम मानवीय सुविधा र उचित व्यवस्थापनको अभाव रहेको जानकारी दिएका छन्। 

उचित आवास र आधारभूत आवश्यकताको प्रबन्ध नहुँदा होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूले चरम सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ। संविधानले दिएको भूमि र आवासको अधिकार रक्षाका लागि संघले आफ्ना विरोधका कार्यक्रमहरूलाई थप सशक्त बनाउँदै लैजाने स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ