arrow

प्रचण्डमाथि विष्णुप्रसाद पौडेलको आरोप - ‘सत्ता कब्जा’ सोचले माओवादी विघटनतर्फ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
bishnu-pd-poudel-16-01.jpg

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘सत्ता कब्जा’ गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन विघटनको अवस्थामा पुगेको दाबी गरेका छन् ।

विगत सम्झिँदै उनले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाल लाई हटाउने निर्णयमा एमालेले कडा असहमति जनाएको बताए । पौडेलका अनुसार उक्त निर्णयमा प्रचण्डले अडान नछाड्दा अन्ततः सरकार नै गुमाउनुपरेको थियो ।

पौडेलले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि पनि माओवादीले लोकतान्त्रिक पद्धति पूर्ण रूपमा आत्मसात गर्न नसकेको आरोप लगाए । सत्ता कब्जाको मानसिकता त्याग्न नसक्दा आज सो पार्टी अस्तित्व संकटमा पुगेको उनको दाबी छ ।

उनले शान्तिपूर्ण आन्दोलनकै बलमा राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना भएको उल्लेख गर्दै हिंसात्मक बाटोले उपलब्धि नदिने जिकिर गरे ।

‘त्यतिबेला सेना प्रमुख हटाएर आफ्नो अनुकूल व्यक्ति राख्दै सत्ता कब्जा गर्ने रणनीति बनाइएको थियो,’ उनले भने, ‘हामीले यो बाटो आत्मघाती हुन्छ भनेर सम्झायौँ, तर मान्नुभएन ।’

पौडेलले अहिले माओवादीले माओवाद र जनयुद्ध दुवै परित्याग गरिसकेको दाबी गर्दै कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने हैसियत पनि गुमाइसकेको टिप्पणी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ