arrow

साझा रणनीति बनाउन विपक्षी दलहरूको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
bipakchi-daal.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बुधबार सिंहदरबारमा बसिरहेको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी यस बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीबारे केन्द्रित रहेर छलफल भइरहेको छ।

सरकारले संसद्लाई उपेक्षा गर्दै संवैधानिक परिषद् र सहकारी समस्यासँग सम्बन्धित अध्यादेश ल्याएपछि त्यसको प्रतिवाद गर्न विपक्षी दलहरू एकजुट भएका हुन्। बैठकमा सरकारले संसद्को क्षेत्राधिकार मिचेको र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत गतिविधि बढाएको विषयमा नेताहरूले गम्भीर समीक्षा गरिरहेका छन्।

बैठकमा सहभागी नेताहरूका अनुसार संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्तिका साथै सुकुम्बासी बस्ती हटाउने लगायतका सरकारका पछिल्ला कदमहरूको विरोध गर्ने र जनसरोकारका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्ने योजना तय गरिनेछ।

सरकारका ‘गलत’ कामहरूको भण्डाफोर गर्न विपक्षी मोर्चालाई सशक्त बनाउने उद्देश्यले आयोजित यस बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टी लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ