arrow

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउनेको तस्बिर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
usa-goli-kanda.jpg

काठमाडौँ। अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स डीनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक भएको छ ।

प्रहरीले पक्राउ गरिएका ती व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सावर्जनिक गरेका हुन् ।

एक सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोडेर कार्यक्रम स्थल भित्र छिर्ने प्रयास गरेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए ।

घटनाको समयमा हलभित्र रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षा टोलीले तत्काल सुरक्षित स्थानमा पुर्याएको थियो ।

सो मुठभेडका क्रममा एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण उनको ज्यान जोगिएको छ ।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत सुरक्षाकर्मीहरूको वीरताको प्रशंसा गर्दै घाइते अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।

प्रत्यक्षदर्शीका अनुसार शुरूमा भाँडाकुँडा खसेको जस्तो ठूलो आवाज सुनिएपछि पाहुना र कर्मचारीहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए र केही बेरमै सुरक्षाकर्मीहरू अत्याधुनिक हतियारसहित परिचालन भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ