राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा कसले चलायो गोली ?
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
287
Shares
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डीनर समारोहमा शनिबार साँझ गोली चलेपछि ठूलो खैलाबैला मच्चिएको छ ।
वासिङ्टन हिल्टन होटलको लबीमा गोली चलेको आवाज आएलगत्तै सुरक्षा टोलीले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तुरुन्तै सुरक्षित स्थानमा पुर्याएका थिए ।
समारोह स्थलमा रहेका सञ्चारकर्मीका अनुसार शुरूमा भाँडाकुँडा फुटेको जस्तो ठूलो आवाज सुनिएको थियो, तर लगत्तै भागदौड मच्चिएपछि स्थिति गम्भीर भएको थाहा भयो ।
सुरक्षा एजेन्टहरूले लामा बन्दुकसहित स्टेज नियन्त्रणमा लिएका थिए भने क्याबिनेट सदस्यहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।
घटनापछि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले गुप्तचर निकाय र सुरक्षाकर्मीहरूको वीरताको प्रशंसा गरेका छन् ।
उनले संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको जानकारी दिएका छन् ।
अहिले सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।