arrow

आँखुखोलाको आम्दानी ३२ प्रतिशतले बढ्दा नाफा तीन करोड ८३ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १२ शनिबार
aankhu-khola-bidhut.jpg

काठमाडौँ। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरणमा उल्लेख्य सुधार देखाएको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री र खुद नाफा दुवैमा सकारात्मक वृद्धि देखिएको हो ।

विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १७ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१दशमलव९४ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको चैत मसान्तसम्म कम्पनीको यस्तो आम्दानी १३ करोड ७ लाख रुपैयाँ मात्र थियो ।

कम्पनीको खुद नाफामा पनि १३दशमलव८२ प्रतिशतको सुधार आएको छ । यस अवधिमा कम्पनीले तीन करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा २३दशमलव३१ प्रतिशतले आएको कमीले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ ।

वित्तीय सूचकहरू तर्फ, कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसाले बढेर दुई रुपैयाँ ५६ पैसा कायम भएको छ ।

त्यसैगरी, प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७दशमलव१४ गुणा देखिएको छ ।

हाल दुई अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष (अन्य इक्विटी) भने अझै १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । आम्दानी र नाफामा आएको यो सुधारले लगानीकर्ताहरूमा सकारात्मक आशा जगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ