arrow

शुरू भयो विश्व खोप सप्ताह अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
hpv-khop-ktm-10-27.jpg

काठमाडौँ। हरेक वर्ष अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताह यस वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइँदैछ ।

यस वर्ष विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम साथ मनाउन लागेको हो ।

यस वर्षको नारा ‘फर एभ्री जेनेरेशन भ्याक्सिन वर्क’ रहेको छ, जसले खोप हरेक पुस्ताका लागि प्रभावकारी र जीवनरक्षक भएको सन्देश प्रवाह गरेको छ ।

खोपको माध्यमबाट बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहलाई रोगबाट सुरक्षित राख्न सकिन्छ ।

खोपले रोक्न सकिने रोगहरूबाट समूदायलाई सुरक्षित राख्दै सार्वजनिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समयमै खोप लगाउँदा व्यक्ति मात्र होइन, परिवार र समाजसमेत सुरक्षित हुने बताइन्छ ।

यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न स्वास्थ्य साझेदार संस्थाहरूले खोप प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

साथै, यस वर्ष खोप समुदायले विश्व स्वास्थ्य संगठनको खोप प्रवर्द्धनको ५२औँ वार्षिकोत्सवलाई पनि विशेष रूपमा स्मरण गर्ने जनाएको छ ।

विश्व खोप सप्ताहको मुख्य उद्देश्य खोपबाट रोक्न सकिने रोगहरूबारे जनचेतना फैलाउँदै अधिकभन्दा अधिक मानिसलाई खोप सेवामा पहुँच सुनिश्चित गर्नु रहेको छ।

स्वास्थ्यकर्मीहरूले ‘खोप लगाऔँ, हरेक पुस्तालाई सुरक्षित बनाऔँ’ भन्ने सन्देशसहित समयमै खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ