arrow

बढ्दो गर्मी र तातो हावाको लहर, देशभर सतर्कता अपनाउन महाशाखाको अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
hot-nepal.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रममा उल्लेख्य वृद्धि भएपछि जनस्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।

महाशाखाको पछिल्लो मौसमी विश्लेषण अनुसार मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन हुने सम्भावना छ। यसका साथै विभिन्न पहाडी उपत्यका र खोँचहरूमा समेत गर्मी बढ्ने देखिएकाले दैनिक क्रियाकलापमा सावधानी अपनाउन भनिएको छ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा 'तातो हावाको लहर' (हिट वेभ) चल्न सक्ने देखिएको छ। तातो हावाले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै महाशाखाले स्थानीयलाई मौसमसम्बन्धी पछिल्लो सूचनामा अध्यावधिक रहन र चर्को घामबाट जोगिन आग्रह गरेको छ।

गर्मीबाट बच्न प्रशस्त पानी पिउन, घाममा हिँड्दा छाता वा टोपीको प्रयोग गर्न र सम्भव भएसम्म शीतल ठाउँमा रहन स्वास्थ्य विज्ञहरूले समेत सुझाव दिँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ