arrow

फर्छ्यौंट नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
pmo-susila-new-new.jpg

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फर्छ्यौंट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गदै ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फर्छ्यौंट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा उक्त अभियान सञ्चालन गरिएको थियो ।

जारी सूचना अनुसार गदगुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि https/gunaso.opmcm.gov.np/register मा गई गुनासो पेस गर्न सकिने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ