वीरगंज । चिकित्सकशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस वीरगंजको बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानाल विजयी भएको छ । अध्यक्षमा प्रशंसा पाण्डेय, सचिवमा प्रशिद्धिकी कार्की, कोषाध्यक्षमा मोनिका जैसवाल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सिता सिटौला, विनि साह, भुमिका न्यौपाने, रिता सापकोटा लगायत विजयी भएको क्याम्पस प्रमुख मुन रानाले बताए । कुल १ सय ६५ मतदाता रहेको यस क्याम्पसमा नेविसंघले ९० मत प्राप्त गरेको थियो । २५ वर्ष पछि पहिलो पटक नर्सिङ्ग क्याम्पस वीरगंजमा नेविसंघ विजयी भएको हो ।