नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतीत बीमालेख पुनर्जागरणमा १०० प्रतिशत विलम्ब शुल्क छुट योजना
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
607
Shares
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर व्यतीत भएका बीमालेखहरूलाई पुनः सक्रिय गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ।
वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न मिति २०८३/०१/०७ देखि २०८३/०२/०५ सम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गर्ने विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३ लागू गरेको हो।
रजत जयन्तीको अवसरमा कम्पनीले बीमितहरूका लागि पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याएको हो। ३० दिने अवधिको यस अवसरलाई व्यतीत बीमालेख भएका आम बीमितहरूले भरपुर उपयोग गरी लाभ लिन सक्नेछन्।
नेपाल लाइफले सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको छ।
देशकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि लाखौँ नेपाली परिवारको विश्वास जित्दै आएको यस कम्पनीले ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९,००० भन्दा बढी अभिकर्ताहरूको सशक्त नेटवर्कमार्फत सेवा दिँदै आएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने, “नेपाल लाइफ इन्स्योरेन्सले विगतदेखि नै ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिको परिणाम हुन सक्छ भन्ने यथार्थलाई ध्यानमा राख्दै ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो विशेष छुट योजना कार्यान्वयनमा ल्याइएको हो। हामी सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै आफ्नो तथा परिवारको भविष्यलाई थप सुरक्षित बनाउन हार्दिक अनुरोध गर्दछौँ। नेपाल लाइफ सधैँ तपाईँको विश्वासको सहयात्री रहिरहनेछ।”