जीवन बीमक सङ्घ नेपालमा नयाँ कार्यसमिति गठन, नेपाल लाइफका पराजुली सर्वसम्मत अध्यक्ष चयन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
940
Shares
काठमाडौँ । जीवन बीमक सङ्घ नेपालले २०८२ भदौ २९ गते राजधानीमा सम्पन्न छैटौँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति गठन गरेको छ सभाले सर्वसम्मत निर्णयमार्फत पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई अध्यक्षमा चयन गरेको हो।
सङ्घको विधानअनुसार गठित कार्यसमितिमा उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ इन्स्योरेन्स), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल लाइफ इन्स्योरेन्स), कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ इन्स्योरेन्स) तथा सदस्यहरूमा मनोजलाल कर्ण (हिमालयन लाइफ इन्स्योरेन्स), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले बीमा क्षेत्रको विकास, बीमा सचेतना अभिवृद्धि, जीवन बीमा कर्मचारीहरूको क्षमता अभिवृद्धि र हकहित संरक्षण, बीमा सेवाको सर्वसुलभ विस्तार, बीमित हितका कार्यक्रम सञ्चालन तथा नीति निर्माण तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
सभामा सङ्घका सदस्यहरू तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा जीवन बीमा क्षेत्रमा देखिएका चुनौती, सम्भावना र भावी रणनीति विषयमा विस्तृत छलफल भएको सङ्घले जनाएको छ।