arrow

नयाँ संसद भवन निर्माणको प्रगतिबारे समितिमा छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
pratyayojan-bidhayak-samiti.jpg

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ। बैठक मध्यान्ह साढे १२ बजेका लागि तय गरिएको छ।

यस बैठकमा निर्माणाधीन नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण कार्य कुन चरणमा पुगेको छ भन्ने सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग विस्तृत छलफल हुने कार्यसूची रहेको छ। 

समितिका सदस्यहरूले भौतिक पूर्वाधारको प्रगति, समयसीमा र निर्माणका क्रममा देखिएका चुनौतीहरूबारे विभागका अधिकारीहरूसँग जानकारी लिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ