arrow

केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गर्‌यो

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
Home_ministry_nepal.jpg.jpeg
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना  २०७३/७४ पारित गरेको छ ।  उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बुधबार दिउँसो गृहमन्त्रालयका बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।
 
२०७४ बैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकायका गरी जम्मा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरेर योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
 
बैठकमा गृहसचिब लोकदर्शन रेग्मी, रक्षासचिब श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका उपरथी बलदेब महत लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ