arrow

दोस्रो चरणको वार्ता अन्योलमा, प्रतिनिधि पठाउन इरानले गर्‍यो अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
iran-usa-talk-26-4-6.jpg

काठमाडौँ । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले मंगलबार इस्लामावादमा हुने भनिएको दोस्रो चरणको वार्तामा अन्योल सिर्जना भएको छ। इरानले आफ्ना प्रतिनिधिहरू पठाउन अस्विकार गरेपछि शान्ति प्रयासमा ठूलो धक्का लागेको हो। 

इरानको सरकारी न्युज एजेन्सी 'तस्नीम'का अनुसार जबसम्म इरानमाथिको नौसैनिक नाकाबन्दी जारी रहन्छ, तबसम्म पाकिस्तानमा वार्ताका लागि कुनै पनि प्रतिनिधिमण्डल पठाइने छैन। इरानको यो अडानले वार्ताको वातावरणलाई थप जटिल बनाएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका लागि यो अन्तिम मौका भएको भन्दै कडा चेतावनी दिएका छन्। उनले यदि सम्झौता हुन सकेन भने इरानका महत्वपूर्ण पूर्वाधारहरूमा ठूलो सैन्य आक्रमण गर्ने धम्की दिएका छन्। 

ट्रम्पले आफ्ना विशेष दूतहरू स्टिभ विटकफ र जेरेड कुश्नर सोमबार नै इस्लामावाद पुग्ने पुष्टि गरेका छन् भने यसअघि अप्रिल ११ र १२ को वार्तामा नेतृत्व गरेका उप-राष्ट्रपति जेडी भेन्स भने यसपटक पाकिस्तान नजाने भएका छन्। इरानको पछिल्लो निर्णय र ट्रम्पको आक्रामक अभिव्यक्तिका कारण मध्यपूर्वमा तनाव अझै बढ्ने र कूटनीतिक प्रयासहरू विफल हुन सक्ने जोखिम देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ