arrow

सोमबारसम्मै खुवाइँदै देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
vitamina-worm-medicine-83-1-6y.jpg
तस्बिर – रासस, नेपाल फोटो लाइब्रेरी र नेपाल न्यूज बैंक ।

काठमाडौँ। सरकारले आइतबार र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिने अभियान सञ्चालन गरी ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य राखेको छ।

स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार यसै कार्यक्रममार्फत एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ समेत खुवाउन थालिएको छ। यस अभियानलाई सफल बनाउन स्थानीय तहहरूले विभिन्न पायक पर्ने स्थानमा खोप केन्द्रहरू स्थापना गरेका छन् भने देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

चिकित्सकहरूका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र समग्र वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै, जुकाको औषधिले पेटका कीरा हटाउनुका साथै बालबालिकालाई कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखाला जस्ता स्वास्थ्य समस्याबाट बचाउन सहयोग पुर्‍याउँछ।

नेपालमा भिटामिन ‘ए’ कमीको रोकथामका लागि विसं २०५० बाट सुरु भएको यो कार्यक्रम विसं २०५९ देखि देशभर लागू गरिएको थियो भने जुकाको औषधि खुवाउने अभियान विसं २०६७ देखि सबै जिल्लामा विस्तार गरिएको हो। सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाख महिनामा बालबालिकाहरूलाई यी औषधिहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ।

vitamin-a-worm-medicine-83-1-6 (1).jpg
vitamin-a-worm-medicine-83-1-6 (2).jpg
vitamin-a-worm-medicine-83-1-6 (3).jpg
vitamin-a-worm-medicine-83-1-6 (4).jpg
vitamin-a-worm-medicine-83-1-6 (5).jpg
vitamin-a-worm-medicine-83-1-6 (6).jpg
vitamin-a-worm-medicine-83-1-6 (7).jpg
vitamin-a-worm-medicine-83-1-6 (1).jpeg
vitamin-a-worm-medicine-83-1-6 (2).jpeg
vitamin-a-worm-medicine-83-1-6 (3).jpeg
vitamin-a-worm-medicine-83-1-6 (4).jpeg
vitamin-a-worm-medicine-83-1-6 (5).jpeg
vitamin-a-worm-medicine-83-1-6 (6).jpeg
vitamin-a-worm-medicine-83-1-6 (7).jpeg
vitamin-a-worm-medicine-83-1-6 (8).jpeg
vitamin-a-worm-medicine-83-1-6 (9).jpeg
vitamin-a-worm-medicine-83-1-6 (10).jpeg
vitamin-a-worm-medicine-83-1-6 (11).jpeg
vitamin-a-worm-medicine-83-1-6 (12).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ