arrow

उद्योग तथा वाणिज्य समिति सभापतिमा रहबर अन्सारी निर्विरोध निर्वाचित

समितिको कार्यक्षेत्रभित्र रहेर आम नागरिकका दैनिक समस्या समाधान गर्न आफू सक्रिय रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
rahbar-ansari1.jpg

काठमाडौँ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारी निर्वाचित भएका छन्। शुक्रवार बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले अन्सारीको मात्र उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।

सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै अन्सारीले संसदीय समितिलाई केवल प्रतिवेदन बुझाउने र विधेयक अध्ययन गर्ने थलोमा मात्र सीमित नराख्ने प्रतिबद्धता जनाए। उनले समितिको कार्यक्षेत्रभित्र रहेर आम नागरिकका दैनिक समस्या समाधान गर्न आफू सक्रिय रहने बताए।

उनले आफ्नो कार्ययोजना स्पष्ट पार्दै भने, "समितिले अब जनताका आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नेछ। यो समिति प्रतिवेदन र सुझावमा मात्र सीमित रहने छैन; बरु जनताको जीवनमा आइपरेका समस्याहरूलाई व्यावहारिक रूपमा समाधान गर्ने एउटा प्रभावकारी संयन्त्रका रूपमा आफूलाई प्रस्तुत गर्नेछ।"

अन्सारीले विगतका समितिहरूको प्रभावकारिता जे-जस्तो रहे पनि अबका दिनमा यस समितिलाई नतिजामुखी र समस्या समाधान गर्ने बलियो आधार बनाउने दृढता व्यक्त गरे। उनले संसदीय समितिको 'टीओआर' (कार्यक्षेत्र) मा आधारित भएर पूर्ण जिम्मेवारीका साथ काम गर्ने समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ