arrow

अर्थ समितिको सभापतिमा कृष्णहरि बुढाथोकी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
krishnahari-budhathoki.jpg

काठमाडौँ ।  प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले उनलाई सभापतिमा चयन गरेको हो।

बुढाथोकी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए। अर्थतन्त्रका विविध आयाम र वित्तीय नीतिहरूमाथि छलफल तथा निगरानी गर्ने महत्त्वपूर्ण मानिएको यस समितिको नेतृत्व अब बुढाथोकीले सम्हाल्ने भएका छन्। उनले समितिको कामकारबाहीलाई थप प्रभावकारी र नतिजामुखी बनाउने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ