arrow

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी

विज्ञताको आधारमा समितिलाई प्रभावकारी बनाउने सभापति शेरचनको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
ojashwi-serchan.jpg

काठमाडौँ ।  नवनिर्वाचित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजश्वी शेरचनले आफ्नो विज्ञतालाई उपयोग गर्दै समितिको कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। शुक्रवार सिंहदरबारमा सभापति पदमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो योजना सार्वजनिक गरेकी हुन्।

सभापति शेरचनले समितिमा सत्तापक्ष र प्रतिपक्षको घेराभन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने बताइन्। समितिको कार्यसम्पादनलाई नतिजामुखी बनाउन उनले तत्कालै विषयविज्ञहरू सम्मिलित उपसमितिहरू गठन गर्ने जानकारी समेत दिइन्।

आफ्नो कार्यशैलीबारे प्रष्ट पार्दै उनले भनिन्, "हामीसँग विभिन्न क्षेत्रका विज्ञता भएका व्यक्तित्वहरू हुनुहुन्छ। अहिले हामी पक्ष र विपक्षभन्दा पनि 'टिम नेपाल' भएर अगाडि बढ्छौँ। समितिमा डाक्टर, नर्स, स्वास्थ्य नीति निर्माता, शिक्षा क्षेत्रका अनुभवी र आईटी विज्ञहरू हुनुहुन्छ। उहाँहरू सबैलाई विज्ञताको आधारमा जिम्मेवारी बाँडफाँड गरेर हामी प्रभावकारी रूपमा अघि बढ्छौँ।"

उनले समितिलाई राजनीतिक खिचातानीको थलो बनाउनुको साटो विशुद्ध रूपमा नेपाल र नेपालीको हितमा काम गर्ने निकायका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ