पोखरा । तनहुँमा बिहीबार ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा छन्। दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ विमलनगरमा सो दुर्घटना भएको हो।
दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो ।