arrow

समितिको सभापतिमा एमाले र नेकपाले गरे उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
smiti-savapati-umls.jpg

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको संयुक्त समिति र प्रतिनिधिसभाका विषयगत समितिहरूको नेतृत्वका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले आफ्ना उम्मेदवारहरू अघि सारेका छन्। बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पुगेर दुवै दलका नेताहरूले समिति सभापतिका लागि मनोनयन दर्ता गराएका हुन्।

प्रतिनिधिसभाअन्तर्गतको महत्वपूर्ण शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा नेकपा एमालेका तर्फबाट गुरु बरालले उम्मेदवारी दर्ता गराएका छन्। बरालको उम्मेदवारीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) प्रस्तावक बसेकी छन्।

त्यसैगरी, सङ्घीय संसद्को संयुक्त समितिका रूपमा रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दिएको छ। सो समितिको नेतृत्वका लागि नेकपाबाट मदनकुमारी साहले आफ्नो मनोनयन दर्ता गराएकी हुन्। साहको प्रस्तावक र समर्थकमा सांसदहरू जनकराज जोशी र पुष्पराज कँडेल रहेका छन्। संसदीय समितिहरूमा नेतृत्व चयनका लागि दलहरूबीच भइरहेको यो मनोनयन प्रक्रियाले आगामी दिनमा सदनको कार्यसम्पादनलाई थप गति दिने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ