काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका-इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन्।
ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गरे।
इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ ।
इरानको नौसेनासँग एक सय ५८ जहाजहरू रहेको र उनीहरूसँग २८ ओटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेका बताए । सायद पानीमा केही माइनहरू बाँकी रहेको उनको भनाइ छ ।