सिन्धुलीको हरिहरपुरगढीमा केएमसीको स्वास्थ्य परीक्षण, ११ सय ३७ जनाको निःशुल्क सेवा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
817
Shares
सिन्धुली । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सिन्धुलीको हरिहरपुरगढी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा हरिहरपुरगढी नगरपालिका वडा १ कार्यालयको आयोजनामा चिसापानी, हरिहरपुरगढी १ मा वृहत विशेषज्ञ स्वास्थ्य शिविर भएको हो ।
शिविरमा ११ सय ३७ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १३१ जनाको ल्याब परीक्षण, १२६ जनाको भिडियो एक्सरे, ९७ जनाको ईसीजी गरिएको थियो ।
९ जनाको दाँत झिकिएको थियो । २७ जनालाई केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।