arrow

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
accident-final.jpg

बाँके । बाँकेको कोहलपुर नगरपालिका-१५, अक्कलघरवामा शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका-५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । सो घटनामा मोटरसाइकल चालक उहाँका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन् । 

प्रनाउ पातलीका अनुसार स्थानीय गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२-००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे१ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका सुदीपको नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा भइरहेको उल्लेख गर्दै रावतको छाती र टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ । 

दुर्घटनापछि फरार भएका टिपर चालक बाँके राप्ति सोनारी-९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ