arrow

नयाँ शक्ति तासको महलजस्तै ढल्ने शंकर पोखरेलको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
shankar-pokhrel-12-28.jpg

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन् ।

उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय टिक्न नसक्ने ठोकुवा गर्दै नयाँ शक्तिहरूबीच आन्तरिक द्वन्द्व बढ्दै गएको टिप्पणी गरेका छन् ।

रवि लामिछाने र वालेन्द्र साहलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरूबीच स्वार्थको टकराव शुरू हुनासाथ विग्रह उत्पन्न हुने बताएका छन् ।

उनका अनुसार नयाँ भनिएका शक्तिहरूले लोकतान्त्रिक स्पेस खुम्च्याउने प्रयास गरिरहेका छन् । उनले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि भएको भनिएको प्रहारको पनि आलोचना गरेका छन् ।

पोखरेलले एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध दृढ रूपमा उभिने बताउँदै संसद्मा पार्टीको संख्या कम भए पनि भूमिका निर्णायक र आक्रामक हुने स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, “रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले । जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराव शुरू हुनासाथ विग्रह आउँछ । जुन शक्ति जति तीव्र गतिमा उदाउँछ, त्यसको पतन पनि त्यति नै छिटो हुन्छ । पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ ।”

प्रधानमन्त्रीले संसद्मा भन्दा सुरक्षा निकायका कार्यक्रममा बढी समय दिने गरेको भन्दै पोखरेलले आपत्ति जनाएका छन् । उनले जनताको सार्वभौम थलो संसद्मा बोल्न प्रधानमन्त्री डराउने गरेको प्रश्न समेत उठाएका छन् ।

पोखरेलले संसदीय मोर्चालाई पार्टी पुनर्जागरण अभियानसँग जोड्दै सरकारका अलोकतान्त्रिक र गैरकानूनी कदमको भण्डाफोर गर्न सांसदहरूलाई आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ