arrow

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति

सरकारको सय दिने योजनाको अनुगमन र ऐतिहासिक संरचनाको संरक्षणमा जुट्न सांसदहरूको जोड [भिडियो]

‘सिंहदरबारभित्र बेवारिसे पुरानो संसद भवनको उपयोगबारे संसदीय समितिले सरकारलाई गाइड गर्नुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
sabalikaran-upper-house-samsad.jpg

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले ऐतिहासिक संरचनाको संरक्षण र सरकारको सय दिने कार्ययोजनाबारे स्पष्ट खाकासहित संसदीय समिति अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले समितिको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पदम परियारले संसदीय इतिहासको महत्वपूर्ण धरोहर मानिने पुरानो संसद भवन (ग्यालरी बिल्डिङ) को संरक्षण र पुनर्निर्माण भइरहेको सन्दर्भमा यसको भावी उपयोगबारे राज्यलाई स्पष्ट मार्गदर्शन दिनुपर्ने बताए। पुरातत्व संरक्षण संसदीय उपसमितिका संयोजक समेत रहेका परियारले पुस्तकालय ऐनका विषयमा पनि समितिले गम्भीरताका साथ छलफल अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे।

नेकपा (एमाले) की सांसद रुक्मिणी कोइरालाले सरकारले घोषणा गरेको १०० दिने कार्यक्रमको प्रभावकारी अनुगमन गर्न समितिलाई सुझाव दिइन्। सरकारले तोकिएको समयमा के-कति काम सम्पन्न गर्‍यो र के गर्न सकेन भन्ने मूल्याङ्कन गरी समितिले आवश्यक निर्देशन दिनुपर्ने उनको भनाइ थियो। उनले समितिको आगामी कार्ययोजनालाई थप स्पष्ट र नतिजामुखी बनाउनुपर्नेमा समेत जोड दिइन्।

यस्तै, नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले समितिमा जिम्मेवारी बाँडफाँड गर्दा दलीय संख्यालाई मात्र आधार नबनाई सदस्यको क्षमता, रुचि र दक्षतालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्। उनले राष्ट्रिय सभा सदस्यको मर्यादाक्रमप्रति असन्तुष्टि जनाउँदै महान्यायाधिवक्ताभन्दा पनि पछाडि राखिएको विषयमा पुनर्विचार आवश्यक रहेको बताइन्। राष्ट्रिय सभाबाट पठाइएका निजी विधेयकहरू प्रतिनिधि सभामा अगाडि नबढेको प्रति पनि उनले ध्यानाकर्षण गराइन्।

बैठकमा सहभागी अन्य सांसदहरूले पनि संसदीय समितिको भूमिकालाई अझ सक्रिय बनाउँदै सरकारी निकायहरूको नियमित अनुगमन र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा ऐक्यबद्धता जनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ