arrow

टिचिङ अस्पतालमा शनिबार र आइतबार बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
Teaching-hospital.jpeg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा शनिबार र आइतबार बिदा हुने भएको छ ।

बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै टिचिङमा पनि हप्ताको दुई दिन बिदा हुने जानकारी दिएको हो ।

एक सूचना प्रकाशित गर्दै टिचिङ अस्पताल प्रशासनले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा हुने जनाएको छ ।

शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

अस्पतालका अनुसार ओपीडी र शल्यक्रिया सेवा भने अरु दिन पनि सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ