arrow

देशैभर वर्षा, प्रभाव बिहीबारसम्मै [फोटोफिचर]

वर्षाले बढ्यो चिसो, अधिकांश स्थानमा जनजीवन प्रभावित, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
rain-kathmandu-out-too-82-12-25 (1).jpg
तस्बिर – रासस र नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिम नेपालबाट शुरू भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।

विभागमा बुधबार साँझ प्राप्त अभिलेखअनुसार केही जिल्लामा भारीउन्मुख वर्षा भएको छ । साँझ पौने ७ बजेको मापनअनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा ४६।६ मिलिमिटर र डोटीमा ४२।२ मिलिमिटर वर्षा भएको छ । यो भारीउन्मुख वर्षा हो । यस्तै काठमाडौँमा १३, ललितपुरमा १२ र भक्तपुरमा ८ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो ३ घण्टामै डडेलधुरामा ३० मिलिमिटर वर्षा भइसकेको छ । यस्तै धनकुटामा १५ मिलिमिटर, सुर्खेतमा १९, डोटीमा १३, गोरखामा ११ं, मिलिमिटर वर्षा भएको छ । 

बेलुकी पनि धेरै जिल्लामा वर्षा भइरहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बदली बिहीबार पनि कायम रहने र ठाउँठाउँमा वर्षा हुने जनाइएको छ । बिहीबार रातिदेखि भने बदली कमजोर हुँदै जाने विभागले जनाएको छ ।

बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने र कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । 

यता मुस्ताङमा यो वर्षमात्रै सातौँ पटक हिमपात भएको छ । 

rain-kathmandu-out-too-82-12-25 (1).jpeg
rain-kathmandu-out-too-82-12-25 (2).jpeg
rain-kathmandu-out-too-82-12-25 (3).JPG
rain-kathmandu-out-too-82-12-25 (4).JPG
rain-kathmandu-out-too-82-12-25 (5).jpg
rain-kathmandu-out-too-82-12-25 (6).jpg
rain-kathmandu-out-too-82-12-25 (7).jpg
rain-kathmandu-out-too-82-12-25 (8).jpg
rain-kathmandu-out-too-82-12-25 (9).jpg
rain-kathmandu-out-too-82-12-25 (10).jpg
rain-kathmandu-out-too-82-12-25 (11).jpg
rain-kathmandu-out-too-82-12-25 (12).jpg
rain-kathmandu-out-too-82-12-25 (13).jpg
rain-kathmandu-out-too-82-12-25 (14).jpg
rain-kathmandu-out-too-82-12-25 (15).jpg
rain-kathmandu-out-too-82-12-25 (16).jpg
rain-kathmandu-out-too-82-12-25 (17).jpg
rain-kathmandu-out-too-82-12-25 (18).jpg
rain-kathmandu-out-too-82-12-25 (19).jpg
rain-kathmandu-out-too-82-12-25 (20).jpg
rain-kathmandu-out-too-82-12-25 (2).jpg
rain-kathmandu-out-too-82-12-25 (21).jpg
rain-kathmandu-out-too-82-12-25 (22).jpg
rain-kathmandu-out-too-82-12-25 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ