arrow

ओली र लेखकमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सांसद घतानीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
neeta-ghatani-uml-25-12.jpg

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । प्रतिशोध साँधेर सरकारले संविधान र कानूनको मर्म विपरित अध्यक्ष ओलीमाथि मुद्दा लगाइएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने सांसद घतानीको तर्क थियो ।

उनले भनिन्,  ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा केपी शर्मा ओलीमाथि लगाइएका मुद्दा तत्काल फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु । राजनीतिक प्रतिशोधको आधारमा यस्ता मुद्दाहरू लगाएर राजनीतिक मर्यादाको संविधानको मर्मलाई गम्भीर रुपमा कमजोर बनाउँछन् । संविधानको अधिकार र कानूनको मर्म अनुसार यो मुद्दा तत्काल फिर्ता गरियोस् ।’

सांसद घतानीले सरकारले संविधान र कानून उल्लंघन हुनेगरी कुनै पनि काम गर्न नहुने पनि स्पष्ट पारिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ