arrow

हिमाली र पहाडी भू–भागमा बादल लाग्ने, केही स्थानमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
weather-always-2082.jpg

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । 

बाँकी भू–भागमा आंशिक बादल लाग्ने तथा देशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

बुधबार भने धेरै स्थानमा वर्षा हुने जनाइएको छ । 

यता पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका कारण सोमबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको सोमबार साँझको अभिलेख अनुसार पछिल्लो ६ घण्टामै काठमाडौँमा १८.८, ललितपुरमा १५.४ र भक्तपुरमा १६.४ मिलिमिटर वर्षा भएको छ । 

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सोमबारको पछिल्लो ६ घण्टामा सबैभन्दा बढी नुवाकोटमा ३४.२ मिलिमिटर वर्षा भएको छ, त्यसपछि सिन्धुपाल्चोकमा २१.८ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो ३ घण्टामा प्यूठान, सिन्धुपाल्चोक, गुल्मी, गोरखा, लमजुङ, नुवाकोट, काठमाडौँ उपत्यका, स्याङ्जालगायतका क्षेत्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । अन्य धेरै मापन केन्द्रहरुमा हल्का वर्षा भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ