arrow

ट्रम्पले इरानलाई हरामी भने, हर्मुज नखोले नर्क बनाइदिने धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
trump-26-4-5.jpg

तेल अभिभ । अमेरिका-इजरायल र इरानबीच जारी युद्धले ३७ दिन पार गरिसकेको छ । अहिलेसम्म युद्ध रोकिने छाँट छैन । युद्धमा सफलता हासिल गर्न नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिन छाडेका छैनन् । 

उनले पछिल्लो पटक इरानलाई हरामी भनेका छन् । उनले यदि इरानले हर्मुजको नाका नखोलेको खण्डमा ठूलो आक्रमण गर्ने धम्की दिएका छन् । त्यतिमात्र होइन उनले नाका नखोले यसलाई नर्कमा परिणत गर्ने धम्की दिएका छन् । 

उनले इरानमा पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बारेमा पनि कुरा गरेका छन् । ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखे कि मंगलबार इरानमा पावर प्लान्ट दिवस र पुल दिवस एकैसाथ हुने जिकिर गरेका छन् । जसको अर्थ आक्रमण हुनेछ। 

उनले भने, 'इरानले हर्मुजको जलडमरूम खोल्नु पर्छ, नत्र यो नर्कमा पुग्नेछ।'

यसअघि बिहीबार अमेरिकाले इरानको राजधानी तेहरानलाई कारज शहरसँग जोड्ने बी वान राजमार्ग पुलमा आक्रमण गरेको थियो। यो पुल यसै वर्ष खोलिएको थियो र यसलाई मध्य पूर्वको सबैभन्दा अग्लो पुल मानिन्छ ।

यो लगभग १,०५० मिटर लामो र १३६ मिटर अग्लो छ । यो पुल निर्माण गर्न लगभग ४०० मिलियन डलर खर्च भएको थियो।

यता इरानले हर्मुजको जलडमरूम खोल्न ट्रम्पको ४८ घण्टाको अल्टिमेटम अस्वीकार गरेको छ। इरानी सेनाले अमेरिकाले असहायता र आतंकका कारण धम्की दिइरहेको बताएको छ।

ट्रम्पले इरानलाई हर्मुजको जलडमरूम खोल्न वा सम्झौतामा पुग्न अल्टिमेटम दिएका थिए। उनले समय सकिँदै गएको र त्यसो गर्न असफल भएमा इरानको ऊर्जा प्रतिष्ठानहरूलाई लक्षित गरी नष्ट गरिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ