निर्वाचन आयोगले आइतबारदेखि नै थाल्दैछ मतदाता नामावली सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
915
Shares
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम चैत २२ गते आइतबारदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछाप सहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ । प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ ।
सरकारले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने नीति लिएसँगै आयोगले हतार हतारमा मतदाता नामावली सङ्कलनको काम थाल्ने भएको हो ।