arrow

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन 

निर्वाचनले लोकतन्त्र मजबुत भएको राष्ट्रपतिको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
election-report-ramchandra.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन पेश गरेको छ। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष कार्यक्रमका बीच आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। उनले निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सम्बद्ध सबै पक्षलाई सफलतापूर्वक जिम्मेवारी पुरा गरेकोमा धन्यवाद समेत दिएका छन्।

राष्ट्रपति पौडेलले फागुन २१ को निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुले निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास बढेको बताए। "आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, यसबाट हाम्रो लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु," उनले कार्यक्रममा भने।

निर्वाचन आयोगले बुझाएको यस प्रतिवेदनमा निर्वाचनको सञ्चालन, व्यवस्थापन, मतदानको तथ्याङ्क र अन्तिम परिणामका विस्तृत विवरणहरू समावेश गरिएको जनाइएको छ। यो प्रतिवेदन पेश भएसँगै अब नयाँ सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्ने मार्गप्रशस्त भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ