चाँगुनारायणमा केएमसीको स्वास्थ्य परीक्षण, पाँच सयले लिए निःशुल्क सेवा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
954
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको चाँगुनारायणमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिकाको सहकार्यमा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ र छिन्नमस्ता सहकारीको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
चाँगुनारायण मन्दिर नजिकै भएकै शिविरमा ५ सय ९ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ६५ जनाको ल्याब परीक्षण, ६२ जनाको भिडियो एक्सरे, ४३ जनाको ईसीजी गरिएको थियो ।
४ जनाको दाँत झिकिएको थियो ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।