३७ करोड दुरुपयोगको समाचार गलत : नेपाल लाइफ इन्स्योरेन्सको खण्डन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
671
Shares
तस्बिर : फाइल
काठमाडौँ। केही दिनअघि सञ्चार माध्यममा प्रकाशित “हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडका आधारभूत शेयर धनी दीपक भट्ट (नागरिकता नं. १०७ कैलाली) ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलिमिटेडको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरी नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका शेयर दोस्रो बजारबाट खरिद गरेको” भन्ने समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गम्भीर ध्यानाकर्षण भएको छ।
कम्पनीले स्पष्ट पार्दै भनेको छ – उक्त समाचार पूर्ण रूपमा गलत र भ्रामक हो। दीपक भट्ट वा धितो पत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रालिसँग यस विषयमा कुनै संलग्नता छैन र कुनै कारोबार पनि भएको छैन।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्दै आएको जनाएको छ।
सम्बन्धित सबै शेयर धनी, लगानीकर्ता तथा सरोकारवालालाई यो स्पष्टीकरण जानकारी गराउँदै कम्पनीले गलत र भ्रामक समाचारप्रति दुःख व्यक्त गरेको छ।