arrow

कान्तिपुर सिटी कलेजलाई यूजीसीबाट गुणस्तर प्रत्यायन, उच्च शिक्षामा नयाँ उपलब्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
kcc-awarded-82-12-15.jpg

काठमाडौँ । कान्तिपुर सिटी कलेजले विश्वविद्यालय अनुदान आयोग (यूजीसी), नेपालबाट गुणस्तर प्रत्यायन प्राप्त गरेको छ। आयोगद्वारा प्रदान गरिएको यो प्रत्यायनले कलेजले कायम गर्दै आएको शैक्षिक मापदण्ड, व्यवस्थापन प्रणाली तथा समग्र संस्थागत क्षमताको औपचारिक मान्यता दिएको हो ।

उक्त प्रत्यायन प्रमाणपत्र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले एक विशेष कार्यक्रमबीच प्रदान गरे । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना महाशाखा प्रमुखको समेत उपस्थिति रहेको थियो ।

प्रत्यायन प्राप्तिसँगै कलेजले आफ्नो शैक्षिक सेवा, प्रशासनिक संरचना तथा विद्यार्थीमैत्री वातावरणलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । कलेज प्रशासनले यो उपलब्धि हासिल गर्न योगदान पुर्याउने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

उच्च शिक्षामा गुणस्तर सुनिश्चितता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने सन्दर्भमा यस्तो प्रत्यायनलाई महत्वपूर्ण सूचकका रूपमा लिइन्छ । कलेजले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा शैक्षिक उत्कृष्टता कायम राख्ने दिशामा आफ्नो प्रयासलाई निरन्तरता दिने जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ