arrow

वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्ड लगियो

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
Barsaman-Pun.jpg.jpeg
काठमाडौँ। नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डको समितिभेज अस्पताल लगिएको छ । उच्च ज्वरोका कारण विगत एक सातादेखि धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत थिए । 
 
आइतबार  दिउँसो थाइ एयरवेजबाट उनलाई थाइल्याण्ड लगिएको छ । चिकित्सकको सुझावअनुसार नै उनलाई थप उपचारका लागि थाइल्याण्ड लगिएको हो । 
 
एक वर्ष पहिले पनि कमलपित्तका कारण बिरामी पर्नुभएका नेता पुनको भारत र थाइल्याण्डमा नै उपचार गरिएको थियो । नेता पुनको साथमा उनकी श्रीमती तथा सभामुख घर्ती पनि आजै थाइल्याण्ड गएको सभामुख घर्तीका प्रेस विज्ञ बबिन शर्माले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ