arrow

जाँचबुझ आयोगको प्रतिवेदनमाथि शंकर पोखरेलको प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
shankar-pokhrel-27-08.jpg

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले 'जेन–जी' आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग निष्पक्ष नभएको दाबी गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो आयोग सत्य तथ्यको खोजीका लागि नभई एउटा खास राजनीतिक र कानुनी उद्देश्य पूरा गर्न बनेको बताए।

महासचिव पोखरेलले कार्की आयोगको प्रतिवेदन र हालै सम्पन्न २०८२ सालको आम निर्वाचनको परिणामलाई 'डिजिटल अल्गोरिदम' मार्फत नेपाली समाजमा पारिएको प्रभावलाई वैधानिकता दिने संगठित प्रयासको रूपमा व्याख्या गरे। सोही योजनाअनुसार नै निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको जिकिर छ।

डिजिटल माध्यमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रण गरी नयाँ शक्तिको उदय गराइएको पोखरेलले उल्लेख गरे। उनले अबको राजनीतिक बाटो सहज नभएको र राष्ट्र एवं लोकतन्त्र दुवैले केही समय गम्भीर चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिए।

उनले थप स्पष्ट पार्दै भने, "सत्य कुरा के हो भने लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो होइन र यो विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि हुन सक्दैन।" आयोगले निष्पक्षता कायम गर्नुको साटो नियोजित रूपमा प्रतिवेदन तयार पारेको भन्दै उनले एमालेको तर्फबाट असन्तुष्टि व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ