प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीबाट पद तथा गोपनियताको शपथ [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
662
Shares
काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित एक समारोहकाबीच उनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरुलगायत नेपालका सरकारका विशिष्ट तहका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली का्रग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट केसी निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् ।
राष्ट्रपतिबाट शपथ लिएका केसीले ज्येष्ठ सदस्यको हैसियतले बिहीबार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभामा ज्येष्ठ सदस्यले नै बैठकको अध्यक्षता गर्नेछन् ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना गरी जम्मा २ सय ७५ जना सांसदहरु निर्वाचित भएका हुन् ।
कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट जितेको छ ।