युद्धको बीचमा ट्रम्पले गरे मोदीलाई फोन, वार्ताका लागि इरान तयार
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
2.2k
Shares
तस्बिर : फाइल
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको युद्धको २५ औँ दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन् । भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले एक्समा यो जानकारी दिएका हुन् ।
उनका अनुसार दुई नेताहरूले मध्यपूर्वको वर्तमान अवस्थाको बारेमा छलफल गरे । विशेष गरी हर्मुजको जलमार्ग खुला राख्नुको महत्त्वमा जोड दिए । सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भारतले तनाव कम गर्ने र सकेसम्म चाँडो शान्ति पुनर्स्थापनाको समर्थन गर्ने उल्लेख गरेका छन् ।
अर्कोतर्फ इरानी सर्वोच्च नेता मुज्तबा खामेनीले अमेरिकासँग वार्ताको लागि तयार रहेको रिपोर्ट आएको छ। खामेनीले इरानको सर्तमा सकेसम्म चाँडो युद्ध अन्त्य गर्न सहमति जनाएका छन् ।
अल अरेबियाका अनुसार इरानी विदेशमन्त्री अब्बास अराघचीले गोप्य रूपमा अमेरिकी राजदूत स्टीव विटकफलाई सर्वोच्च नेता मोज्तबा खामेनीले वार्ताको लागि अनुमति दिएको बताएका छन् ।
युद्धका क्रममा अहिलेसम्म २६ सय ६३ जनाको मृत्यु भइसकेको छ । जसमा १५ सय इरानी हुन् ।