arrow

जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न गगन थापाको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
gagan-thapa-1-12-082.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले प्रतिवेदन सार्वजनिक गरी त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई कानूनी कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

थापाले उक्त घटनाको निष्पक्ष छानबिन, सत्य अन्वेषण र न्याय निरुपण अत्यावश्यक रहेको उल्लेख गर्दै अब बन्ने सरकारले पनि यसमा सक्रिय पहल गर्नुपर्ने बताए।

“राज्यशक्तिको दुरुपयोग र हिंसात्मक घटनाको गम्भीर समीक्षा गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ,” उनले भने।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन निर्वाचनअघि नै सार्वजनिक हुनुपर्ने भए पनि अहिलेसम्म सार्वजनिक नभएकोप्रति उनले असन्तुष्टि जनाए।

“अब ढिलाइ नगरी प्रतिवेदन सार्वजनिक हुनुपर्छ र त्यसको कार्यान्वयन सुनिश्चित गरिनुपर्छ,” उनले जोड दिए।

थापाले राज्यशक्तिको दुरुपयोग र हिंसामा संलग्नमाथि कारबाही नभए मुलुकले पुनः उस्तै प्रकारका घटनाहरू दोहोरिने जोखिम रहेको चेतावनीसमेत दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ