arrow

स्कुल बसको ठक्करबाट दुई वर्षे बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
accident-final.jpg

सर्लाही । सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका-२ सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको हो ।

बिहीबार बिहान करिब ९ बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना१क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका दुई वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र चालक हरिवन नगरपालिका-११ प्रगति टोल निवासी करिब ५० वर्षीय सूर्यबहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ ।

अहिले बालकको शव घटनास्थलमै रहेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ