एनआईसी एशिया बैङ्कले लिलाम सम्पत्तिको जानकारी अनलाइन पोर्टलमा उपलब्ध
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
541
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्नो नाममा रहेका बैङ्किङ सम्पत्ति, गैर बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका विभिन्न सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी पूर्ण विवरण एकै ठाउँमा उपलब्ध गराउन विशेष अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैङ्कले सञ्चालनमा ल्याएको यो अनलाइन पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको सम्पूर्ण सूचना ग्राहकहरूले सहजै प्राप्त गर्न सक्नेछन्। लिलाम सूचनामा उल्लेख गरिएको क्युआर कोड स्क्यान गरेर वा सिधै
https://auctionassistance.nicasiabank.com मा प्रवेश गरी ग्राहकहरूले सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र गुगल म्यापमा आधारित स्थान (लोकेसन) को जानकारी एकसाथ हेर्न सक्नेछन्।थप सुविधाको रूपमा, कुनै सम्पत्तिबारे थप जानकारी चाहेमा सोही सम्पत्तिको विवरण पृष्ठमा रहेको म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सकिने व्यवस्था बैङ्कले मिलाएको छ।
यो अनलाइन पोर्टलमा नियमित रूपमा बैङ्किङ सम्पत्ति, गैर बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्रीका सम्पत्तिहरू र सम्बन्धित अन्य सूचनाहरू अपडेट गरिने छन्। खरिद गर्न इच्छुक ग्राहकहरूले https://auctionassistance.nicasiabank.com मार्फत नै सम्पत्तिको विस्तृत विवरण अध्ययन गरी लाभ लिन सक्नेछन्।
यो डिजिटल पहलले लिलाम प्रक्रियालाई थप पारदर्शी, सहज र ग्राहकमैत्री बनाउने बैङ्कको विश्वास छ। अब सम्पत्ति लिलामको खोजी र जानकारी एक क्लिकमै उपलब्ध भएको छ।